Dec 13, 2014

Let's enjoy making a kite 「凧を作って交流しよう!」

समिप डायरि । शनिबार, मंसिर २७, २०७१
आज "च्युओकु ईन्टरनेशनल कल्चर एक्सचेन्ज" नामक च्युओ सिटिद्धारा आयोजित जापानको चंङ्गा को विविध बारेमा प्रशिक्षण लिने  र अनुभव गर्ने बिषयमा वावाले तर्जुमा मिलाउनु भएको सेमिनारमा सहभागि जनाए ।
१:३० देखी ३:३० सम्म भएको उत्त कक्षामा चंङ्गाका बिज्ञ तथा जानाकार राख्नु हुने जापान चंङ्गा एसोसिएसनका अध्यक्ष स्वयमले बिश्वकै चंङ्गाको परिचय, ईतिहास र हालको बारेमा पौने घण्टा जति बोल्नु भयो ।
त्यसपछि आदि घण्टा जति चंङ्गा बनाएर बाकि एक घण्टा पार्कमै गएर चंङ्गा उडाउने कार्य पनि सम्पन्न भयो ।
मैले चङ्गा बनाएर चित्र समेत कोर्न भ्याएपनि उडाउन भने स्कुलबाट मेरो गुरुले बोलाउनु भएकोले भ्याईन । 
जेहोस, नयाँ अनुभव र जापान लगायत विश्वकै चंङ्गाको बिषयमा केहि ज्ञान प्राप्त भयो । अन्तमा केहि निश्चित ब्यक्तिहरुले आजको एक दिने सेमिनारको बारेमा आफुलाई लागेको कुरा बताउन र भनाई राख्न लगाइयो रे मेरो पापाले केहि कुरा बताउनु भएको रहेछ उत्त बारेमा च्युओ सिटिको होमपेजमा डिसेम्वर २२ तारीखमा अपलोड हुने जानाकारि पाए । उत्त समयको केहि झलक तलतिर....   

जापान चंङ्गा एसोसिएसनका अध्यक्ष

चंङ्गा बनाउदै पापा र मित्रहरु

सबै सहभागिहरुले चंङ्गा बनाउदै 
मैले कोरेको चंङगाको आर्ट "ताको"

चंङ्गाको बिषयमा प्रशिक्षण दिदै

No comments: