Aug 19, 2014

मेरो १२ औं जन्मदिन यसरि मनाईयो ।

समिप डायरि । मंगलबार, भाद्र ३, २०७१

 बिभिन्न अनलाईन मेडियामा प्रकाशीत समाचारहरु.....

http://tokyonepal.com/2014/08/27/111472.html
http://www.dcnepal.us/news/news.php?nid=126055
 
गत हप्ता अगष्ट १९ तारिख मंगलबारका दिनमा मेरो पापा शरद कुमार गौचनले मेरो जन्मदिनको उपलक्ष्यमा रक्षा नेपालका तिस जना बालबालिकालाई कापी, कलम, किटाब, ज्यामित्रि बक्स र अन्य सामाग्रीको हस्तान्तरण सँगै एकदिने खाजा खुवाउने कार्य रक्षा नेपालकै आश्रलयमा भब्यता साथ सम्पन्न भयो ।
 काठमाडौंको लैनचौरमा प्रधान कार्यालय रहेको रक्षा नेपालको आश्रलयमा यौनजन्य हिंसा एवं बाध्यात्मक देहव्यापारबाट प्रभावित आमाद्धारा जन्मिएका दुई देखि बाह्र बर्षसम्मका तिस जना बालबालिकाहरु संगै बसेर एकदिने सुभजन्मोत्सव मनाईएको हो । रक्षा नेपालका बालबालिका हरुले एकएक गरि आफ्नो परिचय दिदै हाम्रो टोलीलाई स्वागत गित गाएर सम्मान गर्दै कार्यक्रम शुभआराम्भ भएको थियो । त्यस पश्चात, रक्षा नेपालका अध्यक्ष मेनुका थापा सहितको टोलीले शुभ-जन्मोत्सवका म समिप गौचन तथा भाई सखिम गौचनलाई पुष्पगुच्छा, खाँदा तथा संस्थाको टोकन लगाएर हाम्रो टोलीलाई स्वागत गर्नुभएको थियो । उत्त अबसरमा बालबालीकाहरुले नृत्य प्रदशन गरेर मनोरञ्जन पनि दिलाएका थिए ।
हाम्रो टोलीको तर्फबाट मेरो पापा शरद कुमार गौचनले मेरो जन्मोत्सवको उपलक्ष्यमा रक्षा नेपालमा आश्रय लिइरहेका बालबालिकाहरुलाई सानो सदभाव सहितको सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै र छोटो समय भएपनि बालबालीका संग अविस्मरणीय क्षण रहेको बताउनु हुदै रक्षा नेपालकी अध्यक्ष थापाले गर्दै आउनु भएको सेवा मुलक एवं पुण्य कार्यको अन्तरआत्मा देखी नै प्रसंशा गर्नुभएको थियो ।साथै गत महिनामा सम्पन्न ”बिश्व तेक्वान्दो कल्चरल एक्सफो-२०१४ ” मा रक्षा नेपालका बालबालिकाले तेक्वान्दो खेलमा उत्कृष्ट खेल प्रदशन गर्नु भएकोमा हार्दिक बढाई ज्ञापन गर्दै,आगामी दिनमा पनि सफलताको शुभकामना पनि दिनु भएको थियो ।
त्यसैगरि रक्षा नेपालका अध्यक्ष मेनुका थापाले आफ्नो संस्थालाई गत महिनामा आयोजित विश्व तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउन समेत जापानबाट धेरै आर्थिक सहयोग उपलब्ध भएको र रक्षा नेपालको संचालन तथा ब्यबस्थापनमा अधिकतम जापानबाट र अन्य विदेशमा रहनु भएका नेपालीबाट नै बिशेष सहयोग हुदै आएको बताउनुहुदै भविष्यमा निरन्तरताको अपेक्षा गरिएको बताउनु भयो । साथै, समिप र सखिमको शुभजन्मोत्सवको उपलक्षयमा हार्दिक बढाई दिदै उपस्थित सबैलाई हृदयदेखि नै आभार व्यक्त गर्नुहुदै धन्यबाद स्वरुप संस्थाको दशबर्षे क्रियाकलाप समेटिएको किटाब र मायाको चिनो पनि भ्रमण टोलीलाई प्रदान गर्नुभएको थियो ।
स्मरण रहोस, काठमाडौंको लैनचौरमा प्रधान कार्यालय रहेको रक्षा नेपालको शिविरमा यौनजन्य हिंसा एवं बाध्यात्मक देहव्यापारबाट प्रभावित आमाद्धारा जन्मिएका २ देखि १२ वर्षसम्मका ३० जना बालबालिकाहरुलाई पालनपोषण, शिक्षादीक्षा र उनीहरुलाई समाजमा सम्मानित जीवन यापन गर्न सक्ने बनाउन र आत्मबल बढाउने खालका खेलकूद तथा तालिमहरु पनि दिदैं आएको छ ।
सोहि बमोजिम गत महिनाको जुलाई ४ देखी ७ सम्म आयोजना भएको ”बिश्व तेक्वान्दो कल्चरल एक्सफो-२०१४ ” मा रक्षा नेपालका तेक्वान्दो खेलाडीहरुले बिश्वका शक्तिशाली मुलुकका खेलाडीलाई पराजित गर्दै, रास्ट्रको लागि ३ वटा गोल्ड मेडल,५ वटा सिल्भर र ३ वटा ब्रंच मेडल सहित यो ऐतिहासिक सफलता प्राप्त गरेको थियो ।

अन्तमा, हाम्रो टोलीलाई रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले संस्थाको सम्पुर्ण क्रियाकलाप, गतिविधि र हाल सम्म भए गरेका कार्यहरुको बिस्तृत जानाकारि गराउदै रक्षा नेपालको कार्यालय तथा सिविरहरुको भ्रमण पनि गराउनु भएको थियो ।
सो अवसरमा रक्षा नेपालको दशबर्षे क्रियाकलाप समेटिएको पुस्तक र मायाको चिनो हामि सबैलाई प्रदान गरिएको थियो ।