Mar 17, 2015

DIPLOMA from J-Frontage

समिप डायरि । मंगलबार, चैत्र ३, २०७१
ईकेबुकुरोको मेरो जे फ्रन्टेज सक्कर स्कुलको अन्तिम दिन आज र यो मेरो कक्षा जो यो स्कुलको सबभन्दा सिनियर कक्षामा करिवन २ बर्ष सम्म हामि २५ जनाले यो स्कुलको यो कक्षामा निरन्तर सक्कर संम्बन्धि बिशेष अध्ययन गरियो । धेरै ज्ञान, अनुभव र विविध सामाजिक कुराहरुको समेत पढाई,अभ्यास संगै जानाकारि भयो । आज सबै संग बिदाई गर्ने दिन भएकोले छुटै अनुभव र केहि नरमाईलो लागेता पनि नियम र समयको पावन्धि त्यसै अनुसार पालना गर्नु नै पर्छ । यो स्कुलमा २ बर्ष सिकेको र बुझेको सबै कुरा भविष्यमा सबै लागु गर्दै अझै अघि बढ्ने प्रण गर्दै स्कुलका मेनेजर, कोच र संम्बन्धित सबै स्टाफलाई पनि हृदय देखी नै आभार ब्यक्त गर्दछु । यस स्कुलमा अध्ययन तथा अभ्यास सम्पन्न गरेको प्राप्त प्रमाण-पत्र सहित बिभिन्न पुरस्कार केहि तलतिर...



Mar 15, 2015

NAKANO RUNNING FESTA 2015

समिप डायरि । आईतबार, चैत्र १, २०७१
आज मार्च १५, २०१५ को दिनमा म र ड्याडले ड्याड्को काम नजिकैको एरिया नाकानो रनिङ्ग फेस्ट नामक म्याराथुन कार्यक्रममा सामुहिक भाग लिने कुरा ३ महिना अघि नै तय गर्नु भएको थियो, बिहानै उठेर तयारि गर्दै निर्धारित समयमा स्थलमा पुग्यौं । सहभागि धेरै भएकोले कपडा फेर्न र लक्करमा राख्नकै लागि पनि ३० मिनेट बढि लाग्यो । ड्याड्ले तिन दिन अघि नै सहभागि खेलाडि नंम्वर, टिसर्ट, समय नाप्ने बिशेषयन्त्र सबै पहिल्यै लिईसकेकोले आज नाम दर्ता नगरि एकैचोटि डौडिने कोषको निर्धारित स्टार्टिङ्ग समयमा पुग्यौं । सबै खलाडिहरु करिवन १० हजार भएपनि हाम्रो डौडिने कोष (४ किलोमिटर) को सहभागि भने पन्ध्र सय बढि थियो होला, डौड शुरु हुनु ३० मिनेट अघि नै डौड शुरु हुने गेटमा लाईन बसेकोले होला हामि ५ मिनेट अघि पुग्दा त स्टार्ट गेटको करिवन अन्त (पछाडितिर) तिर पर्यौ । जेहोस, तोकिएको समयमै डौड शुरु भएर म ३७ औं हुन सफल भए भने ड्याड चाहि २३२ औं हुनु भयो ।
डौड सक्किने बित्तिकै, जुत्तामा घुसारेको बिशेषयन्त्र स्टाफलाई लगेर लाईनमा पानी पिउदै बस्दै गर्दा सबै हाम्रो कोषको प्रतिस्प्रधिहरुको लागेको समय कुन पोजिसन तथा अन्य सबै बिबरण थाहा हुदो रहेछ । हामिहरुको पनि सबै बिवरण सहित प्रमाण-पत्र र सहभागि पुरस्कार (२ किसिमको ड्रिक र अन्य) हरु पनि प्राप्त गर्यौ ।
घरमा भने तोरन्ल्हको अबसरमा मामुले पाहुना बोलाउनु भएकोले डौड सक्किन बित्तिकै ड्याड्ले सिधै घर पुर्याउनु भयो । तलतिर उत्त अबसरको केहि झलकहरु....      

                  मेरो समय १९मिनेट ५ सेकेण्ड, ३७ औं स्थान
                                                                                                                      मेरो सहभागि नंम्वर ४०६३