Jan 25, 2015

埼玉県、横山農園にてイチゴ狩

समिप डायरि । आईतबार, माघ ११, २०७१
पुर्व निर्धारित स्केज्युल अनुसार नै मम् ले आज मलाई फलफुल मध्ये सबभन्दा धेरै मनपर्ने स्ट्रवेरि खाने, फार्ममै  टिपेर खाने ठाउमा लग्नु भयो । ड्याडले सबै ठाउ खोजेर मलाई जाने, खाने र अन्य विविध कुराको हिजै जानाकारि दिदै सिकाउनु भएको थियो ।
हाम्रो परिवार लगायत सानि, मामा संगै ७ जना ईचिगो कारि (खेतमै गएर स्ट्रवेरि खाने) गर्ने ठाउको ट्रेन स्टेशन जुन साईतामाकेनको कितामोतो नामक स्टेशनमा निश्चित समय मै भेटेर लाग्यौं ।
खुशीको कुरो ड्याडको हाईकिङ्ग पनि क्यान्सेल भएकोले हामि सबैलाई ड्याडले नै स्ट्रवेरि फाराममा लग्नु भयो । लटरम्मै झुण्डिएको  स्ट्रवेरि पनि अति नै गुलियो र मिठो भएपनि फार्ममा धेरै खान भने नसकिदो रहेछ ।
किटान समय आधा घण्टा फाराममा सबै संगै रमाउदै उएनो तिर फर्कियौं । अलि अलि भोक लाग्न शुरु गरेकोले हामि सबैले संगै लन्च खायौं । दिन भरि उयनोमा नै घुमघाम गर्दै मामुले मलाई फुटबल जुत्ता पनि किनिदिनुभयो । उत्त अबसरमा स्ट्रवेरि फार्मको केहि झलकहरु तलतिर..
 
 
 
 
 
 





 

Jan 17, 2015

ボンフィンフットボール

समिप डायरि । शुक्रबार, माघ २, २०७१
हाल फूटवल खेलीरहेको मेरो जे. फ्रन्टेज सक्कर स्कुलमा प्राथमिक तह (६ कक्षा १२ वर्ष उमेर सम्म) मात्र ट्रेनिङ्ग हुने भएकोले आउदो मार्च महिनामा मेरो ६ कक्षाको ट्रेनिङ्ग समापन हुदैछ । करिवन डेढ बर्ष ट्रेनिंङ गरेकोले निम्नतम आधारभुत कुराहरु संगै धेरै टेकनिकहरुको पनि ज्ञान भयो ।
मलाई सक्कर धेरै मनपर्ने भएकोले यसपछि सेकेण्डरि तहको कक्षाको निरन्तरको लागि अर्कै स्कुल वा क्लवमा अध्ययनको लागि धेरै ठाउँमा पापाले गत बर्षदेखी नै  सोधखोज गरिदिनु भएको थियो । तर जापानमा सेकेण्डरि तहको लागि सक्कर क्लब ठुलो अभाव र छिर्न साह्रै मुस्किल हुने कुरा पनि जानाकारि भयो ।
 
जेहोस, जसोतसो र मेरो भाग्यले होला मेरो घर देखि आढा घण्टाको बाटोमा बोनफिम फुटवल क्लब जुन तोसिमा सिटिकै सहयोग र संचालनको नयाँ क्लबले खेल हेरेर परिक्षामा पाँस भएमात्र भर्ना लिने कुरा गत बर्ष नै ओके भएको थियो ।
मेरो स्कुल, सक्कर र स्विमिङ्ग कक्षा पनि भएकोले आज मात्र उत्त क्लवमा परिक्षा तथा ग्राउण्ड निरिक्षण संगै अभ्यास पनि भयो ।
जेहोस, मेनेजर, कोचर र खेलाडिसंग पनि भलाकुसारि गर्दै ग्राउण्ड पनि राम्रो लाग्यो । साथै ३० मिनेटको परिक्षा र १ घण्टाको अभ्यास संगै बेलुकाको ९ बजेतिर मात्र कक्षा समाप्त संगै मलाई भर्नाको लागि अनुरोध आयो ।
आउने महिना फेब्रवरि देखी नै यस नया बोनफिम फुटबल क्लबमा एक खेलाडीको रुपमा भर्ना भई अभ्यास गर्ने तय भएको छ ।
उत्त BONFIM Football Park (ボンフィンフットボール)नामक क्लबको स्लोगान पनि अति नै राम्रो लागेको तलतिर जस्ताको तस्तै...



 

Jan 9, 2015

सिगाकोगेन ईचिनोसे फेमिलि स्कि ज्यो, नागानोकेन

समिप डायरि । शुक्रबार, पौष २५, २०७१
पापाले आफ्नो तिन दिने छुट्टिको उपयोग गर्दै तोसिमा सिटिको स्कि एसोसियसनद्धारा आयोजित स्कि टुरमा हामि सबै परिवारलाई सहभागि हुने तर्जुमा मिलाउनु भयो । मैले पहिले देखी जाने मन गरेको र गत सालमा मेरो स्कुलको स्कि टुर पनि क्यान्सेल भएकोले मेरो लागि बिशेष थियो यो स्कि र एक्साईटिङ्ग भएको थिए ।
शुक्रवारको पौडि कक्षा समय मै सकेर निश्चित समयमै हामि ५६ जना सहभागि बसमा सामान राख्दै आफ्नो सिटमा बस्यौं ।
आयोजकको तर्फबाट ७ जना स्कि शिक्षक,  डाक्टर र अन्य संम्बन्धित निकायका ब्यक्तित्वहरु र बिदेशी भने हाम्रो परिवार मात्र भएकोले हामि सबैको आकर्षण बन्दै अविस्मरणीय रमाईलो  क्षणहरुको धेरै अनुभव भयो ।
एकै कोठामा ४ देखी ५ जना संख्यामा महिला र पुरूष बेग्लाबेग्लै रुममा बासोस्थान प्रवन्ध नियम संगै तिन दिने कार्यतालीका भने निकै हार्ड थियो । समय तालीका अनुसार बिहानको २ घण्टा र दिउसोको २ घण्टाको स्कि कोर्ष अनिवार्य सहभागि हुनुपर्ने र आफ्नो क्षमता अनुसारको कक्षामा सहभागि भई शिक्षकसंग पुरा समय खर्च्यो ।
म, मामु र अर्को एकजना जापानी साथी गरि ३ जनाको सानो संख्या संगै सबभन्दा तलको बिगनर कक्षा भएकोले हामिले  छिटै र धेरै सिक्ने मौका पायौं । दुई दिन कक्षा समाप्त संगै जापानको स्कि एसोसिएसन द्धारा मान्यता प्राप्त पाँच लेबलको परिक्षा पनि पाँस गर्न सफल भए । जस अनुसार हामिलाई सिकाउने टिचर ले परिक्षा लिई बेलुका बिशेष कार्यक्रम आयोजना गरि हामिलाई सर्टिफिकेट र बाच्चि प्राप्त पनि भयो । तलतिर सबै संम्बन्धित फोटोहरु... 
 
सहभागि २९ नंम्वरको नेमल्पेट र बान्सोको

 ५ लेवल पाँस गरेको टोकन (बाँच्चि)
५ लेवल उतिर्ण प्रमाण-पत्र
 
 



सिक्षक संगै हाम्रो बिगनर कक्षा

पापा र मामु संग








मलाई पाँच लेवल स्किको प्रमाण पत्र र टोकन हस्तान्तरण संगै बधाई दिएर थपडि मार्दै 

पहिलो रातको याकिनिकु डिनर