Dec 13, 2015

जुनियर फुटबल "सान्तामा लिग" प्रतियोगिता

समिप डायरि । आईतबार, मंसिर २७, २०७२
सधै झै आज मेरो सक्कर क्लबको बिशेष अभ्यास प्रतियोगिता स्वरुप अन्य ५ वटा क्लब संग प्रतिस्प्रधामा भाग लिए ।  ८:३० मा हाम्रै क्लबको खेल मैदानमा जम्मा भएर बेलुका १७:०० बजे प्रतियोगिता आयोजना हुने कार्यक्रम थियो ।
जुन हामि १२ बर्षमुनिका जुनियर सक्कर टिमको "सान्तामा लिग" नामक प्रतियोगितामा होन्ग्यो जुनियर क्लब, निसिसुगामो जुनियर क्लब, सुगामोकिटा जुनियर क्बल र निसिईकेबुकुरो जुनियर क्बल सहभागि भएको थियो । २ टिम संग बरावर भएपनि बाकि २ टिमलाइ भने जित्यौं । तल हाम्रो कोचको लिएको केहि झलक...





Nov 3, 2015

निक्कोको एकदिने बस भ्रमण

समिप डायरि । मंगलवार, कार्तिक १७, २०७२
मेरो स्कुलको एक हप्ते अट्म भ्याकेशन अर्थात शरद श्रृतुको बिदालाई प्रयोग गरि एकदिने रमाईलो बस टुरमा पापा संगै बिताए ।
तोचिगि प्रिफेक्चरको निक्को स्थित चर्चित स्थानको खोला, छहरा तथा तातोपानी संगै फ्याक्टरिको भ्रमण तथा हाईकिङ्ग समेत गर्न भ्याईयो । हाम्रो एरियामा बसोबास गर्ने समुदायको ग्रुपले आयोजना गरेको यस एकदिने भ्रमण कार्यक्रममा भरिपुर रमाईलो र अबिस्मरणीय रह्यो । उत्त समयका केहि झलकहरु तलतिर...



























Oct 31, 2015

जापानको "हलोवीन"

समिप डायरि । शनिवार, कार्तिक १४, २०७२
कृषियन धर्मालम्बिहरुले मृतआत्माको बिशेष संम्झनामा मनोरञ्जनात्मक पुर्वक मनाउने पर्व "हलोवीन" ,
आज पापा र म पनि जापानको हाराजुकु शहर देखी सिवुया हुदै यो वर्षको "हलोवीन"पर्व मनाईयो ।
लन्च सिवुयाको हिकारिय बिल्डिङ्गको ७ तलामा र डिनर चाहि कानामेच्योको रेष्टुरेन्टमा गरियो ।
तलतिर उत्त समयमा पापाको मोवाईल क्यामेरामा कैद गरेका केहि झलकहरु....