Jul 31, 2015

समर सक्कर क्याम्पको अन्तिम दिन

समिप डायरि । शुक्रवार, श्रावण १५, २०७२
म आवद्ध जुनियर सक्कर युथ क्लबको क्याम्प, आज अन्तिम दिन संगै समापन हुदैछ । खेलको माध्यमबाट फुटवल खेल्ने कलाको ज्ञान, अन्य क्वलसंगको प्रतियोगिताको अनुभव र थुुप्रै नया नौलो साथीहरुसंगको चिनजान हुनुको साथै धेरैधेरै उपलब्धि भयो ।
आजको अन्तिम दिनको प्रतियोगिता अघिको केहि झलकहरु...









Jul 30, 2015

समर सक्कर क्याम्पको तेस्रो दिन

समिप डायरि । विहिबार, श्रावण १४, २०७२
आज समर फुटवल क्याम्पको तेस्रो दिन, भोली चौठो दिन अन्तिम क्याम्प संगै हाम्रो बमफिन जुनियर युथ सक्कर क्याम्प समापन हुदैछ ।
हाम्रो क्लबको करिवन २ दर्जन खेलाडि संगै अफिसियल जोडेर ३० बढि सहभागि (जुनियर १३ र१४ )को दुईवटा एकै टिम स्वरुप सहभागि छौं ।
प्रत्येक दिन अन्य चर्चित जुनियर युथ सक्कर क्लब संग दिनमा २, ३ वटा प्रतियोगितामा भाग लिईरहेका छौं । पहिलो दिनको उदघाटन समारोह संगै हाम्रो बमफिन जुनियर युथ १३ को टिम चाहि २ खेल नै पराजित भयौ भने, युथ १४ ले भने ड्र हुन सफल भयो, आज तेस्रो स्थानको लागि फेरि प्रतियोगिता हुदै छ ।
जेहोस, सधै बिहानको मिटिङ्ग पश्चात साथीहरु (जुनियर१३ र १४ का खेलाडि) संग सामुहिक फोटो तथा डिनर (विविक्यु) संग रमाउदाका केहि झलकहरु..





  

Jul 29, 2015

समर सक्कर क्यामको दोस्रो दिन

समिप डायरि । बुधबार, श्रावण १३, २०७२
समर सक्कर क्याम्पको दोस्रो दिन म आवद्ध जुनियर युथ १३ को अन्तर प्रतियोगिता हुन गईरहेको छ ।
जस्मा म पनि खेल्ने भएकोले त्यस्को पुर्व तयारि सहित केहि झलकहरु...

 पछाडिको लहरमा बायाबाट तेस्रोमा म









Jul 28, 2015

नागानोकेन सुगाडाईरा गास्युकु (समर सक्कर क्याम्प)

समिप डायरि । मंगलबार, श्रवाण १२, २०७२
आज देखी मेरो जुनियर फुटबल क्वल (बमफिन एफसि तोसिमा) को ४ दिने सक्कर क्याम्प अर्थात नागानोकेन सुगादाईरा गास्युकु नामक चार दिन बस्ने गरि (जुलाई २८ देखी जुलाई ३१ सम्म) क्बलका खेलाडि साथीहरु, कोच र म्येनेजरको पनि सहभागि हुनेछ । हाम्रो टिम अन्य स्थानिय जुनियर फुटबल क्लव संग पनि प्रत्येक दिन प्रतियोगितामा सहभागि हुनेछौं । बिशेष गरेर हाम्रो क्लबको खेलाडिहरुको उच्च अभ्यास, टिम स्पिरिट संगै प्रत्येक खेलाडिहरुको आ-आफ्नो खेल कलालाई अझै वृद्धि गर्ने, राम्रो र बलियो टिम बनाउने प्रमुख लक्ष्य रहेको छ । आजको पहिलो दिनको फुटबल क्याम्पको ट्रेनिङ्ग र अन्य क्रियाकलापको केहि झलकहरु...


 


Jul 26, 2015

आजको सक्कर प्रतियोगिता

समिप डायरि । आईतबार, श्रावण १०, २०७२
आज अन्तर प्रतियोगिता स्वरुप मिडिल स्कुलको जुनियर सक्कर क्लव र बिश्व बिध्यालयका महिला सक्कर क्लवका खेलाडिहरुसंग मैत्रिपुर्ण खेलमा हाम्रो जुनियर क्लवको सहभागि संगै मैले पनि खेलमा भाग लिए । बिहानको ८ बजे देखी बेलुकाको ६ बजे सम्म भएको १ दिने खेलमा अति नै रमाईलो र थुप्रै उपलब्धिहरु पनि भयो । जुन निम्नप्रकार छ ।
पहिलो प्रतियोगिता,
*विहानको ९:४५ देखी -- सुगामो किता मिडिल स्कुल जुनियर सक्कर क्लव (सुगामो किता च्युगाक्को)
@१-० (प्रतिद्धन्धिको १ गोल र हाम्रो ० गोलले, हार)
 दोस्रो प्रतियोगिता,
 *विहानको ११:३५ देखी -- सुगामो मिडिल स्कुल जुनियर सक्कर क्लव (सुगामो च्युगाक्को)
@ ०-२ ((प्रतिद्धन्धिको ० गोल र हाम्रो २ गोलले, जित)
तेस्रो प्रतियोगिता,
*दिउसोको १५:३० देखी -- ज्युमोन्जि महिला बिश्व बिध्यालय (ज्युमोन्जि ज्योसि डाईगाकुसेई)
@ विश्व बिध्यालयका महिला सक्कर खेलाडिको टिमसंग मैत्रीपुर्ण खेल

केहि झलक तिर जस्ताको तस्तै...
ज्युमोन्जि ज्योसि डाईगाकुसेईसंग सामुहिक फोटो, पहिलो लहरको बायाबाट तेस्रोमा म

 सुगामो किता च्युगाक्को संग प्रतिस्प्रधा गर्दाको झलक
सुगामो च्युगाक्को संग प्रतिस्प्रधा गर्दाको झलक

Jul 8, 2015

Individual Medley-100M

समिप डायरि । वुधबार, अषाढ २३, २०७२
केहि महिनाको अन्तरालमा एकमुष्ठ रुपमा (मेई देखी जुलाई सम्म)  जुनियर एक लेवलको कक्षा लिईरहेको पौडि कक्षा को (१०० मिटरको  कोजिन मेडोरे)  समय जाँच गरिएको रेकर्ड प्रस्तुत गर्दैछु । साधारणतय प्रत्येक पटक केहि सेकेण्ड घट्दै आएको भएपनि कुनै दिन भने शरिरको कण्डिशन, थकाई र अन्य विविध कारणले होला रेकर्ड बढेको पनि  छ ।
तर निम्नतम २, ३ सेकेण्डको तलमाथीमात्र भएको छ । जेहोस् १ मिनेट ४५ सेकेण्ड पार गर्न सकेमा बिशेष लेवल (तोक्यु कक्षा) मा जान पाउने छु ।
साथै, ब्याकस्ट्रोक-backstroke背泳ぎ(せおよぎ), ब्रेस्टस्ट्रोक-breaststroke平泳ぎ(ひらおよぎ), बटरफलाई-butterflyバタフライ), फ्रिस्टाईल-freestyle自由形(じゆうがた)गरि यो चारवटा एकैचोटि २५ मिटरको दरले पौडिखेल्ने प्रतियोगितालाई  ईन्डिभिजल मेडोरे (Individual Medley) भनिन्छ ।
अधिकांश परिक्षामा पुन केहि सेकेन्ड छिटो पौडिन सफल भएको खुशियालीको खवर बाड्न पाउदा हर्षित छु ।
पहिलो परिक्षाको मेरो रेकर्ड २ मिनेट ७ सेकेन्ड भएपनि हालको वेष्ट रेकर्ड भने १ मिनेट ५३.४७ सेकेन्डमा पार गरेर अघि बढ्न सफल भएको छु । उत्त रेकर्डको बिवरण तलको सर्टिफिकेटमा जस्ताको तस्तै... 
जुलाई २१ तारीख (१ मिनेट ५८ सेकेण्ड ७३)
 जुलाई १३ तारीख (१ मिनेट ५३ सेकेण्ड ४७)
 जुन २२ तारीख (१ मिनेट ५५ सेकेण्ड ८१)
 जुन १६ तारीख (१ मिनेट ५८ सेकेण्ड ७५)
 मेई १९ तारीख (१ मिनेट ५५ सेकेण्ड ९८)