Oct 24, 2014

पिकनिक् एण्ड फिल्ड डे

समिप डायरि । शुक्रवार, कार्तिक ७, २०७१
म अध्ययनतर न्यु ईन्टरनेसनल स्कुलको दोस्रो बर्षको आज "पिकनिक तथा फिल्ड डे" भएकोले एकदिन भरि नै खेलकुद तथा विविध रमाईलो कार्यक्रम सहित भब्य सम्पन्न भयो । हाम्रो टिम सेतो रंग यस बर्ष पहिलो हुनसफल भयौं भने गतबर्ष दोस्रो भएका थियौं ।
मेरो मामुले मोवाईलमा कैद गर्नुभएका केहि झलकहरु..









 
 

 

 

 


Oct 18, 2014

तामागावा एकेडेमिको भ्रमण

समिप डायरि । शनिबार, कार्तिक १, २०७१
 ड्याड सँग जापानकै चर्चित एमवाईपि, डिपि स्कुल तथा आईबि (ईन्टरनेशनल बाकारेरोआ, International Baccalaureate) कोर्ष, केहि बर्ष अघि देखी शुरु गरेको तामागावा एकेडेमि नामक चर्चित स्कुलमा आउदो बर्षको भर्नाको लागि सबै जानाकारि लिनको लागि गईयो ।
जुन जापानमै प्रचलित आईबि कोर्ष, सुपर साईन्स कोर्ष, सुपर ग्लोवल हाईस्कुल नामक कोर्ष सहित जापान सरकारबाट पनि उत्कृष्ठ स्कुलको मान्यता प्राप्त भएकोले पनि होला २, ३ सयको हाराहारिमा उपस्थित बिध्यार्थी र अभिभावकको उपस्थितिले पनि यो स्कुलको चर्चाको कारण सहजै बुझ्नलाई गाह्रो भएन् ।
८५ बर्ष बढिको ईतिहास बोकेको तथा नर्सरि देखी बिश्व बिध्यालय सम्मको अध्यापन पनि हुने भएकोले होला असाध्यै ठुलो क्यापिसिटिको जग्गामा स्कुल खोज्न वा पुग्नलाई नै झण्डै २० मिनेट बढि लागिहाल्यो ।
टुपुक्कै निर्धारित समयमा पुग्दा त कार्यक्रम शुरु भईसकेको रहेछ, करिवन २ घण्टा सबै कुरा बुझेर प्राक्टिकल एवं प्रत्यक्ष अनुभव गर्ने बिज्ञान प्रविधि सम्बन्धित कक्षा लिन साईन्स ल्यावमा छिरियो । २, ३ किसिमको प्राक्टिकल र बाकि सोधपुछ गरि सबै कागजात लिएर फर्किदा त दिउसोको १ बज्नै आटेको रहेछ । असाध्यै भोक लागेकोले स्टेशनमा आएर ड्याडलाई अनुरोध गरि नुड्ल्स रेष्टुरेन्टमा छिरेर चाउमिन खाएपछि मात्र फर्कियौं ।
सधै जाने बाटोको हेयर सैलुनमा छिरेर निक्लदा त हालोईनको मेला लागेकोले सँगै फोटो खिच्ने कार्य र उत्त ठाउमा  केहि घुमघाम गरि घरतिर फर्कियौं । उत्त समयको केहि झलकहरु... 


तामागावा एकेडेमि


साईन्स ल्यावमा केहि प्राक्टिकल गर्दै
 

 साईन्स ल्यावमा शिक्षकले पढाउदै गरेको झलक
 
 

 हारोईन मेलाको झलक