Feb 4, 2015

वमफिन फुटबल जुनियर क्लबको पहिलो दिन

समिप डायरि । बुधबार, माघ २१, २०७१
आज (४ फेब्रवरि, बुधबार)  देखी वमफिन फुटबल जुनियर क्लबमा मेरो सक्कर अभ्यास शुरु भयो, पुरै दुई घण्टाको समय ग्राउण्डमा ट्रेनिङ्ग गरे । बाकि आढि घण्टा भने तयारि र समापन संगै हामि प्रत्येक खेलाडिले आफ्नो अभ्यास, टेकनिक्, मेन्टलिंङ्ग आदिको बारेमा आफूलाई लागेको विचारहरु पनि सबैको माझ पोख्दै फेरि त्यहि गल्ति नदोर्याउने र भावि लक्ष्य संगै अझै राम्रो गर्ने मुख्य एजेण्डा तथा उदेश्य बनाउनु पर्दो रहेछ ।
पहिलो दिन भएकोले ग्राउण्ड सम्म मम् ले ल्याउनु भयो भने फर्किन ढिला (रातिको ९ बजे जति) हुने भएकोले ड्याड्ले ग्राउण्ड नजिकको कफि सपमा पर्खिनु भएको थियो ।
आज मेरो स्कुल सकेर ईकेबुकुरोको वयस्ट एक्जिटबाट बस चढेर क्लबको ग्राउण्ड सम्म पुग्दा ५:४५ भईसकेको थियो । मेनेजर(हिगासिजिमा कान्तोकु), कोचर (यासु कोच) र मित्रहरुलाई हलुका अभिवादन गरि ड्रेस फेरेर बेलुकाको ६ बजेदेखी ट्रेनिङ्ग शुरु गरि ठिक ८ बजे खेल समाप्त भयो । आज म दाहिने मिड् साईड्को पोजिसन् मा निलो जर्सिमा पुरै समय खेले । त्यसपछि ३० मिनेटमा बिबिध समापन समारोह सम्पन्न गरि घर पुग्दा त ९:३० भईसकेको रहेछ ।
ड्याड्ले मेरो ट्रेनिङ्ग भईरहेको बेला कफिसपबाट हाम्रो खेलको दृष्यहरुको केहि स्न्याप लिनु भएको रहेछ । ग्राउन्ड पारिको सपिङ्ग मलमा हाम्रो क्लबको अफिस, कपडा फेर्ने ठाउ, सावर र सोकेसहरु छन् त्यहाको पनि केहि स्न्याप लिनु भएको रहेछ ।
उत्त स्न्यापहरु र हाम्रो खेलको क्षणका केहि झलकहरु......