Aug 2, 2015

आटामी नामक समुद्रमा रमाउदा ।

समिप डायरि । आईतबार, श्रावण १७, २०७२
आतामि नामक टोक्यो शहरबाट करिवन डेढ घण्टा (ट्रेनबाट) टाढाको समुद्रिक स्थलमा आज एक दिने समर भ्याकेसन मनाउन जादैछौं । निकै टाढा र मंहगो ट्रेन फियर भएपनि अति नै राम्रो, सफा र ब्यबस्थित सामुद्रिक स्थल भएकोले हाम्रो परिवार लगायत आफन्त अन्य तिन परिवारका बाह्र सदस्य निश्चित समयमै भेटघाट गरि लाग्यौं गन्तब्य स्थलतिर । स्टेशनबाट निक्लन बित्तिकै करिवन ३८ डिग्रि सेन्टिग्रेटको साउना जस्तो  तातो गर्मिबाट केहि मिनेट हिडेपछि सुपर मार्केटमा लन्च संगै केहि पेय पदार्थ को किनमेल गरि समुद्रको किनारमा पुग्यौं । अति नै सफा समुद्र र परिवारको लागि बिशेष ब्यबस्थित स्थल भएकोले बेलुकाको ५ बजे सम्म रमायौं । केहि झलकहरु तलतिर...