Nov 30, 2014

युकिको जन्मदिनको उपलक्ष्यमा हार्दिक बढाई ।।।

समिप डायरि । आईतबार, मंसिर १४, २०७१ 
यस बर्ष आईतबारका (नोभेम्वर ३० तारीख) दिनमा भाई युकिको जन्मदिन परेकोले मलाई शनिबार बेलुका नै बस्न बोलाईएको थियो । आईतबारका दिनमा भाई युकिको जन्मदिन भब्य रुपले मनाउने कार्यक्रम तय भएकोले उनलाई गिफ्ट दिनको लागि मामुले ब्यबस्थापन तर्जुमा मिलाई, ड्याड र मम् संग बिदाई हुदै गिफ्ट लिएर बेलुका ६ बजेतिर लागे एक्लै युकिको घरतिर ।
 
गन्तब्य स्थल निकै टाढा ( २वटा ट्रेन चेन्ज गर्नुपर्ने र करिवन १ घन्टा लाग्ने) भएपनि धेरै पटक एक्लै जाने आउने गरेकोले मलाई कन्फिडियन्स थियो तथापि मेरो ड्याड र मम् ले भने बेलुकाको समय र लामो सफर भनेर पटक पटक फुपुलाई फोन गरि चिन्ता ब्यक्त गर्नु भएको रहेछ । जेहोस् स्टेशनमा भेटे पछि मामुसंग फुपुले फोन वार्तालाप गरेपछि भने युकि बेस्करि रमाउदै म र युकि स्टेशनबाट घरसम्म साईकलमार्फत हानियौं ।
युकिको जन्मदिनको उपलक्ष्यमा म लगायत आफन्तजनसंग संगै मनाईएको केहि झलकहरु र युकिको सु-स्वास्थ, दिर्घायु तथा उत्तरो-त्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना एवं बढाई ज्ञापन गर्न चाहान्छु ।  

 

 
 

Nov 29, 2014

नाकानो सिटिबाट आयोजित किन् वल प्रतियोगिता

समिप डायरि । शनिबार, मंसिर १३, २०७१
नाकानो सिटि, अन्तराष्ट्रिय डिपार्टको आयोजनामा जिबनमा पहिलो पटक किन् वल प्रतियोगितामा भाग लिए । म र बाबाले नेपालीहरुको प्रतिनिधित्व गरि लिएको यस प्रतियोगितामा बिभिन्न विदेशी २१ जना खेलाडि र जापानी २१ जना गरि जम्मा ४२ जना खेलाडिहरुको सहभागिता थियो । एकटिममा ४ जना खेलाडि स्वरुप ७ टिममा बिभाजित गरि जम्मा २८ खेलाडिले प्रतियोगितामा भाग लिईएको थियो भने, बाकि १२ जना खेलाडि भने प्रत्येक टिममा २ जना स्पेयरमा हुनुहुन्थ्यो ।
म मेरो बाबा एकजना जापानी र एकजना हप्सि गरि ४ जना खेलाडि हाम्रो छैठौं टिमको प्रतिनिधित्व गर्दै  हप्सि खेलाडिको नाम मामि र मेरो नाम समिपको लाई जोडेर मामिप नामक हाम्रो टिमको नामकरण भयो ।
हाम्रो टिम मामिपले पहिलो गेम कालो जर्सि लगाएर पहिलो भयो भने, दोस्रो गेम पिन्क जर्सिमा दोस्रो र तेस्रो पटक ग्रे जर्सि लगाएर दोस्रो हुदै कुल पोईन्टको आधारमा हामि तेस्रो भयौं । म र जापानी राम्रो खेलेता पनि हप्सि र पापाले मिस गरेकोले दोस्रो हुनुमा ३ अंकको मात्र फरक भयो । पहिलो र दोस्रो हुने टिमलाई पुरस्कारको पनि ब्यबस्था थियो भने, हामि तेस्रो भएकोले पुरस्कार पाउनबाट बञ्चित भएपनि सान्तना पुरस्कार भने प्राप्त भयो ।
जेहोस, अति नै नौलो र रमाईलो यस किन् वल नामक खेल क्यानाडाबाट शुरु भएको रहेछ अहिले यो खेल बिश्व भरिनै खेलिने गरिन्छ रे भने एसियाका राष्ट्रहरुमा भने जापान, कोरिया र चिनमा मात्र खेलिन्छ रे साथै विश्व कप भने २ बर्षमा एक पटक हुने गरेको छ रे साथै हाम्रो यस प्रतियोगितामा जापानको किन् वल एसोसिएसनको अध्यक्ष र अन्य २ जना गरि ३ जनाले एम्पियरको भुमिका निर्वाह गर्दै अति नै सरल तरिकाले खेलको नियम र विस्तृत जानाकारि संगै खेल पनि सिकाएर उत्त खेलको प्रतियोगिता समेत भएको थियो । सो खेलको केहि दृश्यहरु तलतिर जस्ताको तस्तै..... 










 

Nov 16, 2014

世界子供の日チャリティーウォーク&ラン2014

समिप डायरि । आईतबार, कार्तिक ३०, २०७१ 
विश्व बालदिवसको उपलक्ष्यमा आज नोभेम्वर १६ तारीख आईतबारका दिनमा सानो सहयोग र समर्थनको लागि पाँच किलोमिटर च्यारिटि डौंडमा भाग लिए । म स्वयम पनि बालक भएकोले नाता र बिश्वकै बालबालिकालाई सहयोग गर्न पाउने शुभ अबसर भएकोले पनि निश्चित समयमा उपस्थिति जनाएर टिसर्ट र नंम्वर लिएर कपडा फेरिवरि डौडको लागि तयारि भयौं । 
 
हाम्रो समुहको करिवन एकसय जना सहभागिर र अन्य डौड तथा हिड्ने च्यारिटिको कुल सहभागि भने एकहजार बढि भएको रहेछ । हाम्रो समुहको पाँच किलोमिटरको १०० जना सहभागिहरु ठिक १०:३० मा डौड शुरु भयो र त्यस मध्ये सातौ स्थान हुन सफल भए । आयोजकले बढाई दिदै फोटो खिच्ने कार्य तथा पुरस्कारहरु पनि प्राप्त भयो । हाम्रो समुहको अंकलहरु र मेरो पापा भने, करिवन अन्तिम ग्रुपमा गोल गर्नु भएको थियो । केहि झलकहरु तलतिर.....