Jul 8, 2015

Individual Medley-100M

समिप डायरि । वुधबार, अषाढ २३, २०७२
केहि महिनाको अन्तरालमा एकमुष्ठ रुपमा (मेई देखी जुलाई सम्म)  जुनियर एक लेवलको कक्षा लिईरहेको पौडि कक्षा को (१०० मिटरको  कोजिन मेडोरे)  समय जाँच गरिएको रेकर्ड प्रस्तुत गर्दैछु । साधारणतय प्रत्येक पटक केहि सेकेण्ड घट्दै आएको भएपनि कुनै दिन भने शरिरको कण्डिशन, थकाई र अन्य विविध कारणले होला रेकर्ड बढेको पनि  छ ।
तर निम्नतम २, ३ सेकेण्डको तलमाथीमात्र भएको छ । जेहोस् १ मिनेट ४५ सेकेण्ड पार गर्न सकेमा बिशेष लेवल (तोक्यु कक्षा) मा जान पाउने छु ।
साथै, ब्याकस्ट्रोक-backstroke背泳ぎ(せおよぎ), ब्रेस्टस्ट्रोक-breaststroke平泳ぎ(ひらおよぎ), बटरफलाई-butterflyバタフライ), फ्रिस्टाईल-freestyle自由形(じゆうがた)गरि यो चारवटा एकैचोटि २५ मिटरको दरले पौडिखेल्ने प्रतियोगितालाई  ईन्डिभिजल मेडोरे (Individual Medley) भनिन्छ ।
अधिकांश परिक्षामा पुन केहि सेकेन्ड छिटो पौडिन सफल भएको खुशियालीको खवर बाड्न पाउदा हर्षित छु ।
पहिलो परिक्षाको मेरो रेकर्ड २ मिनेट ७ सेकेन्ड भएपनि हालको वेष्ट रेकर्ड भने १ मिनेट ५३.४७ सेकेन्डमा पार गरेर अघि बढ्न सफल भएको छु । उत्त रेकर्डको बिवरण तलको सर्टिफिकेटमा जस्ताको तस्तै... 
जुलाई २१ तारीख (१ मिनेट ५८ सेकेण्ड ७३)
 जुलाई १३ तारीख (१ मिनेट ५३ सेकेण्ड ४७)
 जुन २२ तारीख (१ मिनेट ५५ सेकेण्ड ८१)
 जुन १६ तारीख (१ मिनेट ५८ सेकेण्ड ७५)
 मेई १९ तारीख (१ मिनेट ५५ सेकेण्ड ९८)

No comments: