Jan 25, 2015

埼玉県、横山農園にてイチゴ狩

समिप डायरि । आईतबार, माघ ११, २०७१
पुर्व निर्धारित स्केज्युल अनुसार नै मम् ले आज मलाई फलफुल मध्ये सबभन्दा धेरै मनपर्ने स्ट्रवेरि खाने, फार्ममै  टिपेर खाने ठाउमा लग्नु भयो । ड्याडले सबै ठाउ खोजेर मलाई जाने, खाने र अन्य विविध कुराको हिजै जानाकारि दिदै सिकाउनु भएको थियो ।
हाम्रो परिवार लगायत सानि, मामा संगै ७ जना ईचिगो कारि (खेतमै गएर स्ट्रवेरि खाने) गर्ने ठाउको ट्रेन स्टेशन जुन साईतामाकेनको कितामोतो नामक स्टेशनमा निश्चित समय मै भेटेर लाग्यौं ।
खुशीको कुरो ड्याडको हाईकिङ्ग पनि क्यान्सेल भएकोले हामि सबैलाई ड्याडले नै स्ट्रवेरि फाराममा लग्नु भयो । लटरम्मै झुण्डिएको  स्ट्रवेरि पनि अति नै गुलियो र मिठो भएपनि फार्ममा धेरै खान भने नसकिदो रहेछ ।
किटान समय आधा घण्टा फाराममा सबै संगै रमाउदै उएनो तिर फर्कियौं । अलि अलि भोक लाग्न शुरु गरेकोले हामि सबैले संगै लन्च खायौं । दिन भरि उयनोमा नै घुमघाम गर्दै मामुले मलाई फुटबल जुत्ता पनि किनिदिनुभयो । उत्त अबसरमा स्ट्रवेरि फार्मको केहि झलकहरु तलतिर..
 
 
 
 
 
 





 

No comments: